उपप्रधान एवं गृहमन्त्री रवि लामिक्षानेले प्रतिनिधि सभाको बैठकमा आइतबार आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।
उनले भ्रष्टाचारको साक्षी बस्दै आएकाहरूको गनगनले अब देश नचल्ने बताए ।
उनले नेपाली काँग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको पनि बताएका छन् ।
सहकारी अपचलनबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले दुई महिनाअघि बोल्न पाएको भए यति धेरै कोलाहल हुँदैन थियो भने ।
साथै उनले गोरखा मिडिया नेटवर्कमा काम गर्दा आफूले स्वेड सेयर लिएको र पछि छाडेर हिँडेको बताए।
उनले आफू सहकारीको संचालक र सदस्य केही पनि नभएको प्रष्टीकरण दिएका छन् ।
उनले विपक्षी दल नेपाली कांग्रेसप्रति आक्रामक अभिव्यक्ति पनि दिएका छन् ।उनले संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न पनि गरेका छन् ।
प्रमुख प्रतिपक्ष दलले यसअघि उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको थियो ।