प्रधानमन्त्रीले आज विश्वासको मत लिने, विपक्षी दलको विरोध कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 10:08:21 AM मा प्रकाशित

laxmi sunrise bank

पुष्पकमल दाहालले प्रतिनिधिसभामा सोमबार अपरान्ह विश्वासको मत लिने कार्यक्रम छ ।

तर  नेपाली कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्न सक्ने भएकाले अन्योल भने कायमै छ ।सरकारमा सहभागी जनता समाजवादी पार्टी(जसपा) नेपाल गत वैशाख २४ गते विभाजन भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।

कांग्रेसले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलसँग सहकारी ठगी छानबिनका लागि संसदीय समितिको गठन र प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सन्दर्भमा आइतबार छलफल भएता पनि कुनै निष्कर्ष निस्किएको छैन ।

उता कांग्रेस महामन्त्री गगन थापाले संसद् बैठक सुरु हुनुअघि सहमति नजुटेमा संसद्को कामकारबाही रोकिने बताएका छन् भने कानुनमन्त्री पदम गिरीले विश्वासको मत जस्तो संवैधानिक बाध्यताको कार्यसूचीलाई अवरोध गर्न नमिल्ने बताएका छन् । 

सरकारको नेतृत्व गरेको १७ महिनाको बीचमा दाहालले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । 

नेपाली कांग्रेससँगको सहकार्य भङ्ग भएपछि प्रचण्डले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा नेपाल र एकीकृत समाजवादीले समर्थन लिएका थिए । उनलाई सरकार बाहिर रहेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र दुई स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved