को हुन् इरानी राष्ट्रपति इब्राहिम रायसी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 11:31:08 AM मा प्रकाशित

laxmi  sunrise bank

इरानका राष्ट्रपति इब्राहिम रायसी हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएको पुष्टि भएको छ।

इरानको  पूर्वी अजरबैजान प्रान्तमा हेलिकप्टर दुर्घटनामा परेपछि ६३ वर्षिय उनको मृत्यु भएको अन्तरराराष्ट्रिय संचार माध्यम अलजजिराले उल्लेख गरेको छ ।इरानी अधिकारीहरुले राष्ट्रपति सवार हेलिकप्टर पूर्णरुपमा जलेको बताएका छन् । 

उनलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिन्छ।

न्यायपालिका र धार्मिक अभिजात वर्गमा गहिरो सम्बन्धको साथ स्थापित उपस्थिति, कट्टरपन्थी र धार्मिक रूपमा रूढिवादी राजनीतिज्ञ ( राईसी पहिलो पटक २०१७ मा राष्ट्रपतिका लागि उमेदवारी दिएका थिए तर असफल भएका थिए । उनी अन्ततः २०२१ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उनी इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपतिको रुपमा परिचित छन् ।इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा हुन्छन्। राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ।तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ।

अमेरिकाले इरान र उनीविरुद्ध लगाएको प्रतिबन्ध कायमै छ ।  उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए।

लामो समयदेखि इरान र इजरेल एउटाछाया युद्धमा छन् जसको असर दुई देशहरूका बदलाको भाव झल्कने गतिविधिमा देखिन्छ।पछिल्लो समयमा यी दुईबीच तनाव पुनः चर्किएको छ। तनावको मुख्य स्रोत इरानको परमाणु गतिविधिहरू हुन्।

रइसीलाई सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरूलाई मारिएको सन्दर्भ जोडेर उनलाई इजरायल लगायतका केहि मुलुकहरुले तेहरानको निर्दयी हत्यारा भनेर आरोप लगाउने गरेका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले एकतर्फी रूपमा इरानमाथि प्रतिबन्धहरू फिर्ता लिए र पुन: लागू गरेपछि इरानको अर्थतन्त्रलाई गम्भीर असर पर्दै आएको छ ।पश्चिमा राष्ट्रहरुको प्रतिबन्धले अहिले इरानीहरूले आर्थिक कठिनाइको सामना गरिरहेका छन् ।

इब्राहिम राससीको मृत्युमा हमासको प्रतिक्रया

रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि हमासले आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा हमासले इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनी, इरान सरकार र इरानका जनताप्रति समवेदना व्यक्त गरेको छ ।

दुःख र अप्ठ्यारो परिस्थितिमा आफूहरू इरानको साथ रहेको विज्ञप्तिमा भनिएको छ । एजेन्सीहरुको सहयोगमा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved