डाक्टर लाइसेन्स परीक्षामा ४६ प्रतिशत फेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 08:32:55 PM मा प्रकाशित

laxmi sunrise bank

चिकित्सक नाम दर्ता (डाक्टर लाइसेन्स) परीक्षामा ४५.३८ प्रतिशत फेल भएका छन् । मेडिकल काउन्सिलले सार्वजनिक गरेको परीक्षाको नतिजा अनुसार ५४.६२ प्रतिशत उत्तीर्ण भएका देखिएको छ ।

परीक्षामा एमबीबीएसतर्फ १ हजार ३७१ जनाले फर्म भरे पनि परीक्षामा १ हजार ३५६ जना सहभागी भएका थिए । जसमध्ये ७५१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने ६०५ जना फेल भएका हुन् । 

यस्तै बीडीएसतर्फको परीक्षामा २९९ जना सहभागी भएका थिए । ती मध्ये १५३ जना उत्तीर्ण भएका हुन् । काउन्सिलले बीडीएसमा दुई जना अनुपस्थित रहेको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved