नीति तथा कार्यक्रममाथि आजदेखि छलफल : सहमति अझै जुटेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2024 | 08:48:31 AM मा प्रकाशित

laxmi sunrise bank

सरकारको नीति तथा कार्यक्रममा छलफल आजदेखि प्रतिनिधि  सभा र राष्ट्रिय सभामा छलफल हुँदैछ । सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक ११ बजे र राष्ट्रिय सभा बैठक १स्१५ बजे बोलाइएको छ । 

संसदीय समितिको कार्यादेशलाई लिएर सत्तापक्ष र विपक्षीबीच सहमति नजुट्दा सदनको अवरोधबीच सभा हुन लागेको हो ।

सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसदीय छानबिन समिति मागिरहेको प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।अर्कोतर्फ, सरकारले विपक्षीहरूको अवरोधबीच नीति तथा कार्यक्रममा छलफल चलाएर शुक्रबार नै पारित गर्ने तयारी गरेको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । यसअनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल प्रारम्भ हुनेछ ।

छलफलको क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिनेछन् । जवाफपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधनहरू र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभामा पनि नीति तथा कार्यक्रम छलफल गर्ने, प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची छ । नीति तथा कार्यक्रम पारित भएपछि बजेटका सन्दर्भमा रणनीति तय गरिने छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved