शेयर बजारका कर सम्बन्धि दुई माग पुरा गर्न आठ संस्थाको माग, नसुने आन्दोलनको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 01:13:58 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालका पूँजीबजारका लगानीकर्ता सम्बद्ध संघ/ संस्थाहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत शेयरबजारसँग सम्बन्धित दुई वटा महत्त्वपूर्ण विषय सम्बोधन हुनुपर्ने माग अघि सारेका छन्।

शनिवार एक विज्ञप्ती जारी गर्दै शेयर लगानीकर्तासँग सम्बन्धित आठ वटा शेयर लगानीकर्तासंघले दुई बुंदे माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्। 

अग्रिम करलाई अन्तिम कर मान्नुपर्ने तथा अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको हकमा लगाइदै आएको अग्रिम करको दर घटाउनुपर्ने उनीहरुले बताएका छन् ।हाल अल्पकालीन र दिर्घकालिन कर क्रमश : ५ र साढे सात प्रतिशत छ। यसलाई घटाएर ३ र ५ प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग छ। 

आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने शेयर लगानीकर्ताले चेतावनी दिएका छन्। हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, जनरल इन्भेस्टर एशोसिएशन, नेपाल शेयरधनी संघ, स्वतन्त्र पूँजीबजार सुधार संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ गरि विभिन्न आठ वटा शेयरर्लागनीकर्ता संघ संस्थाले आज एक साझा बिज्ञप्ति मार्फत यस्तो माग गरेका हुन् ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved