गरिबीको संख्या ९.५ प्रतिशतमा झार्न सरकार असफल, बाधक बन्यो 'कोरोना'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 05:31:27 PM मा प्रकाशित

सरकारले गरिबीको संख्या घटाउने नीति लिएपनि उल्लेख्य रुपमा त्यसको असर देखिएको छैन ।

१५औँ योजनाको अन्त्यसम्ममा निरेपेक्ष गरिबीको संख्या ९.५ प्रतिशतमा झार्ने लक्ष्य सरकारले लिएको थियो । तर, सो लक्ष्यमा पुग्न सरकार पूर्णरुपमा असफल भएको देखिन्छ । 

हाल निरपेक्ष गरिबीको संख्या २०.२७ प्रतिशत रहेको छ । सरकार आफुले लिएको लक्षको नजिकसम्म पनि पुग्न सकेको छैन । 

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपलमा अझै २०.२७ प्रतिशत गरिबीको रेखामुनी  छन् । गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३८ प्रतिशत गरिबी रहेको सो सर्वेक्षणले देखाउँछ । 

सरकारले यसरी गरिबीको संख्या घटाउन नसक्नुको मूख्य कारण कोरोना महामारीलाई देखाएको छ । यसका साथै विश्व परिघटनाले आपूर्तिमा परेको असरले पनि गरिबीको दर लक्ष्य अनुसार घटाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ । 

हाल बहुआयामिक गरिबीको संख्या १७.४ प्रतिशत छ । बहुआयामिक गरिबीको संख्या ११.५ प्रतिशतमा झार्ने सरकारको योजना थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved