मुलुकमा नयाँ चरणको आर्थिक सुधार जरुरी : अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2024 | 02:26:22 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री वर्षमान पुनले मुलुकमा नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ , त्यसका मोडल के हुन्छन् , त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ र? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए ।

उनले भने,  ‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं ।' 

मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भएपनि नीतिहरुको निरन्तरता हुन आवश्यक रहेको बताए । साथै उनले सरकारमा रहेका दल र विज्ञहरु मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरता दिन आवश्यक रहेको बताए । 

उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताए । उनले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरु स्वदेशमै काम गर्ने वातावरण बन्ने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved