बागमतीका मेयर फेरि अर्को मुद्दामा मुछिए, ३० करोड भ्रष्टाचारमा मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2024 | 04:28:25 PM मा प्रकाशित

laxmi sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले स्थानीय भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार मेयर थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।निज थापाले बागमती नगरपालिका ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारको दाबी छ ।

यसअघि अख्तियारले  चैत २८गते नै ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले आम्दानी गरेको दाबी गर्दै निजविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।यसैगरी, अख्तियारले बागमती नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले ताल निर्माणमै अनियमितता गरेको अभियोगमा उनलाई ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ ।

अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवाना मात्रै माग दाबी गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved