जग्गा घूस लिएका इञ्जिनियरलाई ६ वर्ष कैद र जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 01:56:42 PM मा प्रकाशित

laxmi  sunrise bank

 विशेष अदालतले घूस बापतको पैसाले जग्गा किनेका लुम्बिनी विकास कोषको योजना प्रमुख रहेका इञ्जिनियर सरोज भट्टराईलाई ६ वर्षको कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले इञ्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाएको हो । 

विशेष अदालतले अभियुक्त भट्टराईबाट ८० लाख रुपैयाँ बिगो असुल्नुपर्ने फैसला गर्दै त्यति नै रकम जरिवाना गर्नुपर्ने ठहर गरेको छ ।कोषसँग सम्बन्धित ठेक्काको काम पाएको ठेकेदारसँग घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २५ गते उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारको दावी अनुसार, उनले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना र २ आनाको अर्को गरी दुई टुक्रा जमिन खरिद गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved