३ अर्ब २६ करोडको हस्तकला निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 03:49:48 PM मा प्रकाशित

नेपालबाट ३ अर्ब २६ करोड ३४ लाख १६ हजार ४७० रुपैयाँ बराबरको हस्तकला विदेश निर्यात भएको छ । 

नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित ३ अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो । विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासघंका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए ।

उनका अनुसार चालु आवको जेठ १५ गतेसम्म नेपालबाट १ अर्ब २८ करोड २५ लाख १८ हजार ९४६ को फेल्टबाट बनेका हस्तकलाका सामग्री विदेश निर्यात भएको छन् । 

नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाड सिङबाट बनेका, सेरामिक सामान, सुर्तीजन्य वस्तु, स्फटिकजन्य, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, हस्तकला, काष्ठकला र उलनजन्यलगायत सामान विदेशमा निर्यात हुँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved