मुस्लिम आयोगले असार तीन गतेको लागि ईद ऊल जोहा (बकरिद) को सार्वजनिक विदा दिनलाई नेपाल सरकार समक्ष सिफारिस गरेको छ। आज बसेको बैठकले असार तीन गतेको लागि ईद ऊल जोहा (बकरिद) को सार्वजनिक विदा दिनलाई सिफारिस गरिएको मुस्लिम आयोगले जनाएको छ।
आयोगले असार तीन गतेलाई विदा दिनलाई नेपाल सरकार गृह मन्त्रालयलाई सिफारिस गरेसंगै नेपालमा ईद ऊल जोहा (बकरिद) को सार्वजनिक विदा असार तीन गते हुने निश्चित भएको छ। यद्दपि काठमाडौंको दुई ठुला मस्जिद मध्येको एक पन्च कस्मिरी तकिया जामेले असार ४ गते बकर ईद मनाउने निर्णय लिएकोबारे आयोगलाई जानकारी गराएको छ। काठमान्डौका दुई ठुला मस्जिद मध्येको अर्को जामे मस्जिदले असार ३ गते बकरिद मनाउने निर्णय गरेको छ।
काठमान्डौका दुई ठुला मस्जिदले आफूखुसी अलग अलग दिन बकरिद मनाउने दिन घोषणा गरेपछि नेपालका मुस्लिम समुदाय बकरिदको मितिलाई लिएर अन्यौलमा परेका थिए। जसकारण मुस्लिम आयोगले दुवै मस्जिदका संचालक समितिलाई डाकेर फरक फरक दिन बकरिद घोषणा गर्नुको कारणबारे सोधेर बकरिद मान्ने दिनमा एकरुपता ल्याउनलाई सुझाब दिएको थियो।
तर जामे मस्जिद र पन्च कस्मिरी तकिया जामे मस्जिदले आफुहरुले घोषणा गरेको पूर्ववत अवस्थामा नै बकरिद मनाउने जवाफ आयोगलाई दिएपछि आयोगले आज आफैले असार तीन गते बकरिद मनाउने दिनबारे निर्णय लिएर सोहि दिन सार्वजनिक विदा दिनलाई सरकार समक्ष सिफारिस गरेको हो।
दुई मस्जिदबीच बकरिद मान्ने दिनबारे सहमति नजुटेपछि बकरिद मान्ने दिनलाई लिएर नेपालभरका मुस्लिम समुदाय अझैं अन्यौलमा परेका छन्। दुई मस्जिदको यस्तो निर्णयले नेपालका मुस्लिम समुदायलाई नै विभाजनमा पुर्याएको मुस्लिम समुदायका अग्रजहरुले चिन्ता ब्यक्त गरेका छन्।
- नेपाली मुस्लिमबीचको विभाजन रोक्न आयोगको पहल, बकरिदको सार्वजनिक बिदा तय !