मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2024 | 08:06:39 PM मा प्रकाशित

मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

मिरा बायोटेक तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ ।

वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved