बन्द हुँदै मेलम्ची खानेपानी,मनसुन कम भएपछि मात्रै पानी उपत्यकामा पठाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 10:59:37 AM मा प्रकाशित

काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी शुक्रबारदेखि बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गर्न लागेको बताएको छ ।

बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गर्न लागिएको समितिको भनाइ छ ।

मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भएपछि मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरु गर्नेगरी तयारी गरिएको छ ।   मनसुनी जोखिम सकिए लगत्तै उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने  पनि समितिले बताएको छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डवक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने कार्य गर्दै आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको छ । मनसुन अक्टोबर २ मा बाहिरने गर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved