११ महिनामा ४ करोड रुपैयाँको नेल पोलिश र ५७ करोडको लिपिस्टिक आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 02:08:33 PM मा प्रकाशित

चालू आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्त सम्ममा नेपालले ४ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबरको १८ हजार ३९३ लिटर नेल पोलिश आयात गरेको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल आयात मध्ये १२ हजार ३५८ लिटर चीनबाट आयात भएको छ । भारतबाट ४ हजार ६६९ लिटर आयात भएको छ ।  साथै, कुल आयातमध्ये ताइवानबाट चार लिटर मात्र आयात भएको छ । टर्कीबाट १ हजार ३५७ लिटर आयात भएको छ । र फ्रान्सबाट ४ लिटर नेल पोलिश आयात भएको छ ।

त्यस्तै, चालूको आवको उक्त अवधिसम्ममा ८६ करोड ९३ लाख ६३ हजार रुपैयाँको १८ लाख ४६ हजार ९१६ लिटर नुहाउने स्याम्पु आयात भएको छ ।  तथ्यांक अनुसार भारत लगायत ३८ वटा देशहरुबाट उक्त स्याम्पु आयात भएको छ । सबैभन्दा धेरै स्याम्पु भारतबाट आयात भएको छ । 

त्यसैगरि, चालू आवको उक्त अवधिसम्ममा ५७ करोड २८ लाख  ६२ हजार रुपैँयाको १ लाख ५१ हजार ९३० केजी लिपस्टिक आयात भएको छ । तथ्यांक अनुसार चीनलगायत ३० ओटा देशहरुबाट उक्त लिपस्टिक नेपालमा आयात भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved