एटीआर-७२ बाट काठमाडौं-भरतपुर उडान गर्ने तयारीमा बुद्ध एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 02:59:10 PM मा प्रकाशित

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं भरतपुर उडान गर्ने भएको छ । विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको बताए। गत साता श्री एयरले काठमाडौं-भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । उनका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गर्नेछ ।

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए । बस्नेतका अनुसार जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान छ । अहिले बुद्धको एटीआर-४२ जहाज काठमाडौं र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौंभरतपुर दैनिक नौ वटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

अब सञ्चालन गर्न लागिएको जहाज एटीआर-७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ । अहिले मासिक ११ हजारभन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ ।

साना जहाज उडान हुँदा एकतर्फी भाडा ४ हजार ७०० रुपैयाँभन्दा बढी छ । ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved