मूख्यसचिव सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,३८ करोड ६७ लाख बिगो माग दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 04:40:41 PM मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मूख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

अन्तस्शुल्क छपाइमा हिनामिना भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो । अर्याल बाहेक अन्य १२ जना विरुद्ध बिगो ३८ करोड ६७ लाख रुपैयाँ माग गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा सूचना तथा सञ्चार मन्त्रालयको सचिव रहँदा राज्यकोषमा क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै अख्तियारले उनीसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायरगरेको हो ।उक्त बिगो प्रतिवादी अर्यालसहित १२ जनाबाट असुल गर्न अख्तियारले माग गरेको छ।

अख्तियारले अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सारका उपमहानिर्देशक टंकप्रसाद पाण्डे,  सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजस्व कार्यालयका तत्कालीन निर्देशक गणेशविक्रम शाही विरुद्ध मुद्दा दायर गरेको छ ।

यसैगरी, अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्स सेल्स प्रालि र उक्त कम्पनीका निर्देशक केशव शर्मा लगायतविरूद्ध पनि मुद्दा दायर गरेको छ।

मुद्दा दर्ता भएसँगै मूख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन्।  शाखा अधिकृतका रुपमा रामेछापको हुलाक कार्यालयबाट २०४९ असार १८ गतेबाट अर्यालले निजामती सेवा शुरु गरेका थिए ।उनी २०८० जेठ ३२ गते नेपाल सरकारको मूख्यसचिव पदमा नियुक्त भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved