
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको छ । तामाकोशी नदीमा बाढी पहिरो आएपछि ४५६ मेगावाट क्षमताको उक्त आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएकोमा गए रातीदेखि विद्युत उत्पादन सुचारु भएको हो ।
बाढीका कारण गत शुक्रबार राती साढे एक वजेदेखि उक्त आयोजनाको छ वटै टर्वाइनबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । २०० घन मिटरभन्दा बढी पानीको सतह पुगेपछि समान्यतः आयोजनामा पुग्न सक्ने सम्भाब्य क्षतिलाई आकलन गरी विद्युत गृह बन्द गर्ने गरिन्छ ।
नदीमा पानीको बहाव कम भएसँगै विद्युत उत्पादन सुचारु भएको जलविद्युत केन्द्रले जानकारी दिएको छ । नदीमा पानीको बहाबमा कमी आएपछि विद्युतगृह संचालनमा ल्याइएको केन्द्रको भनाइ छ । ।