सत्ता गठबन्धनले टुंगो लगायो मन्त्रीको अन्तिम नामावली(हेनुर्स सूची)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2024 | 11:47:47 AM मा प्रकाशित

नेकपा (एमाले)र नेपाली कांग्रेसको गठबन्धनले सरकारमा जाने मन्त्रीहरुको अन्तिम नाम टुंग्गो लगाएको छ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले अहिले १२ बजे पद तथा गोपनीयताको शपथ  ग्रहण लिदैछन्। प्रधानमन्त्रीसँगै दुई राजनीतिक दलहरुले मन्त्रीमा जाने नामको सूची पनि राष्ट्रपति कार्यालयलाई बुझाइसकेका छन् ।   

नेकपा (एमाले) बाट प्रधानमन्त्रीपछि बरियातामा शिर्षस्थानमा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल छन् भने नेपाली कांग्रेसको तर्फबाट प्रकाशमान सिंहलाई बरिष्ठतम तहमा उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय दिइएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट ६ जनालाई मन्त्री बनाएका छन् भने इतर समूहले ४ मन्त्रालय पाउनुपर्ने अडान राख्दै नाम दिन ढिलाइ गरिरहेका थिए । तर, देउवाले तीन मन्त्रालयभन्दा दिन नसक्ने सुनाएपछि शेखर कोइराला र गगन थापा समूहले पाण्डे, पौडेल र अधिकारीको नाम दिएका छन् ।

एमालेको तर्फबाट मन्त्री :

विष्णुप्रसाद पौडेल : उपप्रधानमन्त्री तथा अर्थ 

पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना

देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात

दामोदर भण्डारी : उद्योग

विद्या भट्टराई : शिक्षा

बलराम अधिकारी : भूमि, व्यवस्था, सहकारी 

मानवीर राई : रक्षा

राजकुमार गुप्ता : मन्त्रालय टुंग्लो लगाउन बाँकी

नेपाली कांग्रेसको तर्फबाट :

प्रकाशमान सिंह उप प्रधानमन्त्री शहरी विकास

रमेश लेखक : गृह

आरजु राणा : परराष्ट्र

दीपक खड्का : ऊर्जा

ऐनबहादुर शाही : वन

अजय चौरसिया : कानून

तेजुलाल चौधरी : युवा खेलकुद

बद्री पाण्डे : पर्यटन

प्रदीप पौडयाल : स्वास्थ

रामनाथ अधिकारी : कृषि

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved