कार्यभार सम्हालेको पहिलो दिन कुन मन्त्रीले के गरे पहिलो निर्णय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2024 | 05:55:30 PM मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । प्रधानमन्त्री बनेपछि मन्त्री छनौटमै हप्ता र महिना लाग्ने विगतको परम्परा भने यसपटक तोडिएको छ । पहिलो दिन २२ सदस्यीय मन्त्रिमण्डल गठन भएको  छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बाट बनेको सरकारले सोमबार शपथ ग्रहण गरेसँगै ती मन्त्रीले सिंहदरबारमा गएर कार्यभार सम्हालेका छन् । कार्यभार सम्हालेको मन्त्रीहरुमा केहि पुरानै अनुहारका छन् भने केहि नयाँ र परिचित अनुहारका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रदिप पौडेल

पहिलो निर्णय :

-राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०८१ र स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्यविधि बनाउने, एक महिनाभित्र ठूलो सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने खालको काम गर्ने।

भूमि सुधार तथा शहकारी मन्त्री, बलराम अधिकारी

पहिलो  निर्णय :

-जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने प्रतिवद्दता, झापाको साविक महारानी झोडा गाविस वडा नम्बर ४ र ५ को जग्गा दर्ता सम्बन्धी समिति गठन आदेशका लागि कानून मन्त्रालय पठाउने ।

अर्थमन्त्री विष्णु पौडेल

पहिलो निर्णय :

-वैकल्पिक वित्त कार्यविधि स्वीकृत गर्ने, ब्लेन्डेड फाइनान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधि तय गर्ने ।

भौतिक पूर्वाधार मन्त्री,देवेन्द्र  दाहाल

पहिलो निर्णय :

-पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिषदमा पेश गर्ने।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री,शरतसिंह भण्डारी

 पहिलो निर्णय :

-वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका  कामलार्इ निरन्तरता दिने ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ,अजयकुमार चौरसिया

पहिलो निर्णय :

-जनतालाई न्याय मिल्ने गरी कानून निर्माण गर्ने, विधेयक, कानुनहरु सबै कुराको ख्याल गरि जनतालाई न्याय मिल्ने गरि काम गर्ने।

गृहमन्त्री ,रमेश लेखक

पहिलो निर्णय :

-सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने ।

खेलकूद मन्त्री ,तेजुलाल चौधरी

पहिलो निर्णय :

-पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने, पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने ।

सहरी विकास मन्त्री, प्रकाशमान सिंह

पहिलो निर्णय :

-मन्त्रालय अन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानून परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने ।

परराष्ट्र मन्त्री,आरजु राणा देउवा

पहिलो निर्णय :

-सीमा समस्या समाधान गर्ने, तथ्य र प्रमाणका आधारमा समाधान गर्ने ।

खानेपानी मन्त्री,प्रदीप यादव

पहिलो निर्णय :

-संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्ने ।

सञ्चार मन्त्री, पृथ्वीसुब्बा गुरुङ

पहिलो निर्णय :

-डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जनका लागि समिति गठन गर्ने ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री, बद्री पाण्डे

पहिलो निर्णय :

-वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने, पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्ने ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, दीपक खड्का

पहिलो निर्णय :

-ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका  कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गर्ने, डेडिकेटेड’ र ट्रङक लाइनका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, दामोदर भण्डारी

पहिलो निर्णय :

-नेपाली उद्योगको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने गरी काम गर्ने ।

रक्षा मन्त्री,मानविर राई

पहिलो निर्णय :

-नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौं–तराई–मधेश द्रुतमार्ग  समयमै सम्पन्न गर्ने,  विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved