
कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार भेन्टा, पाकेको फर्सी, काउलीसहितका तरकारीको मूल्य बढेको छ ।
घिउ सिमी, तने बोडी, ब्रोकाउली तथा तिते करेलाको मूल्य बुधबारको तुलनामा केहि केहि घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन ठूलो गोलभेंडा अधिकतम प्रतिकिलो १२०, स्थानीय काउली १००, गाजर १००, तने बाडी १२०, लाम्चो भन्टा १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै भिण्डी १३०, तिते करेला १००, पिँडालु १२०, घिउ सिमी १६०, लौका १००, भटमासकोशा १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।डल्ले च्याउ ३५०, कुरिलो ३००, हरियो प्याज १३०, न्यूरो १२०, कन्य च्याउ प्रतिकिलो १८० र रातो आलुु प्रतिकिलो ७०, प्याज ९५ रुपैयाँ प्रतिकिलोमा कालीमाटी बजारमा कारोबार भइरहेको छ ।
बिहीबारको बजार मूल्य :
