सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : जनताको काममा समर्पित हुनुहोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2024 | 11:48:15 AM मा प्रकाशित

nepal oil ltd

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुलाई जनताको काममा समर्पित भएर काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा सचिव तथा सुरक्षा निकाय प्रमुखहरु सहभागि बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री ओलीले जिम्मेवारीलाई गन्तब्यमा पुर्‍याएर नयाँ कीर्तिमान कायम गर्न निर्देशन दिएको कार्यक्रममा सहभागी एक सचिवले बिजपाटीलाई बताए। ती सचिवका अनुसार ४५ मिनेटसम्म चलेको बैठकमा प्रधानमन्त्रीले सचिव तथा सुरक्षा निकायका प्रमुखहरुलाई हौस्याउने, उत्साहित बनाउने र सचेत गराउने काम गरेका थिए। प्रधानमन्त्रीले जनता समक्ष विकास विकास, सुशासन, सेवा सुविधा पुर्‍याउने मुख्य काम र दायित्व सचिवहरुकै भएको बताए। 

प्रधानमन्त्रीमा नियुक्त पछि आयोजित पहिलो बैठकमा सहभागीहरुले प्रधानमन्त्रीलार्य कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।  प्रधानमन्त्रीले सम्बोधनको लागि लामो समय लिने अपेक्षा गरिए पनि ४५ मिनेटमा नै आफ्नो सम्बोधन समापन गरेका थिए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved