प्रत्येक नेपालीको थाप्लोमा ८३ हजार ऋणको भार, सार्वजनिक ऋण मात्रै २४ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2024 | 03:42:45 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण हुन आउँछ ।

आर्थिक वर्ष २०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँले बढ्न पुगेको छ । यस्तो ऋण दायित्व नागरिकले प्रत्यक्ष तिर्नु नपरे पनि नागरिकबाट उठाएको करबाटै भुक्तानी गरिने भएका कारण प्रतिव्यक्ति ऋण दायित्वलाई महत्त्वका साथ हेर्ने गरिन्छ । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।

यसबीचमा सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ । यस प्रकार एक वर्षको अवधिमा १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थप भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव डिलाराम गिरीका अनुसार अघिल्लो वर्ष २०७९/८० को तुलनामा यस वर्ष सार्वजनिक ऋणको वृद्धिदरमा केहि ब्रेक लागेको छ । यसो हुनुमा आन्तरिक ऋण परिचालनको लक्ष्य सानो हुनु र लक्ष्य अनुसार परिचालन नगर्नु एक कारण हो ।

चालू आर्थिक वर्ष २०८०/ ८१ मा ऋण सेवा खर्चमा ३ खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन भएकोमा असर मसान्तसम्ममा ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख भुक्तानी भएको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा ९२.५४ प्रतिशत हो। कुल गाहस्र्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत छ।

हेर्नुहोस तालिकामा :
                                                                                                     स्राेत : सार्बजनिक ऋण व्यवस्थापन शाखा


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved