अमेरिकी डलरको मूल्य हालसम्मकै कीर्तिमानी उचाइमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि कायम गरेको विदेशी मुद्राको विनिमदर अनुसार अमेरिकी डलरको बिक्रीदर १३४.१७ रुपैयाँ कायम छ । यसअघि शुक्रबार चाहिं अमेरिक डलरको बिक्रीदर मूल्य १३४.१५ रुपैयाँ थियो । त्यस्तै खरिददर मूल्य १३३.५७ रुपैयाँ छ ।
त्यस्तै यूरोपियन यूरो एकको खरिद दर १४५.४७ रुपैयाँ छ भने बिक्री दर १४६.१२ रुपैयाँ छ ।
साउदी रियालको बिक्रीदर मूल्य ३५.७७ रुपैयाँ तथा खरिददर मूल्य ३५.१ रुपैयाँ छ । कतारी रियालको बिक्रीदर मूल्य ३६.७९ रुपैयाँ तथा खरिददर मूल्य ३६.६३ रुपैयाँ तोकिएको छ । रियालको मूल्य शुक्रबारको तुलनामा स्थिर छ ।
त्यस्तै १० जापानी येनको खरिददर ८.४८ रुपैयाँ र बिक्रीदर ८.५२ रुपैयाँ छ ।
यसैगरी,बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ छ भने बिक्री दर १७३.३९ रुपैयाँछ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८४ रुपैयाँ छ ।