
प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह १बजेदेखि शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार १ बजे बसेको बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने कार्यसूची छ । कांग्रेस र नेकपा(एमाले) को गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका हुन् ।
आकस्मिक समयमा बोल्नेक्रम सकिएपछि विश्वासको मतको प्रक्रिया अघि बढ्छ । प्रधानन्त्री ओली सहज बहुमतमा छन् । तर प्रधानमन्त्रीले दुईतिहाइ सांसदबाट विश्वासको मत पाउलान् या नपालाउन् त्यो भने अस्पष्ट छ ।
संविधान संशोधनको बाचासहित बनेको नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको गठबन्धनको सरकारले त्यसका लागि आवश्यक दुईतिहाइ बहुमत आफ्नो पक्षमा जुटाउन पहल भइरहेको बताएको छ।
सरकारलाई कांग्रेस र एमाले मात्रैका सांसदहरूको सङ्ख्याले साधारण बहुमत निश्चित भए पनि दुईतिहाइका लागि अन्य दलहरूको समर्थन आवश्यक छ।यतिमात्र नभएर सरकारमा सहभागी चार दल बाहेकका थप केही दलहरूको समर्थन सुनिश्चित हुन आवश्यक छ।
सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। विश्वासको मत पाउनका लागि १३८ मत आवश्यक पर्छ। अहिले मन्त्रिपरिषद्मा सहभागी रहेका दलहरूको प्रतिनिधिसभामा कायम सीट सङ्ख्या १७६ हुन आउँछ। प्रधानमन्त्रीले संसद्मा दुईतिहाइ समर्थन देखाउनका लागि १८४ जना सांसदको समर्थन आवश्यक पर्छ।
प्रतिनिधिसभाको कुल सदस्य सङ्ख्या २७५ को दुईतिहाइ बहुमतभन्दा उक्त सङ्ख्या थोरैले कम हो।
यसअघिको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत परीक्षण गर्दा दुई तिहाइ भन्दा बढी सांसदहरूले विपक्षमा मत दिएका थिए। आइतबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदहरूको सङ्ख्या पनि सत्तापक्षले १९० भन्दा बढी हुने दाबी गरेको छ।
हुेर्नुहोस तल :
पक्षमा : १९३
नेपाली कांग्रेस : ८८
नेकपा(एमाले) : ७९ (सभामुख र टोपबहादुर रायमाझीसमेत)
जसपा : ७
जनमत : ६
जसपा नेपाल : ५
लोसपा : ४
नागरिक उन्मुक्ति : ४
विपक्षमा : ७७
नेकपा(माओवादी) : ३२
रास्वपा : २१
राप्रपा : १४
एकीकृत समाजवादी : १०
जनमोर्चा : १
नेमकिपा : १स्वतन्त्र : ३