प्रधानमन्त्री ओलीलाई संसदबाट दुई तिहाइको विश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2024 | 06:45:27 PM मा प्रकाशित

laxmi sunrise bank

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट दुई तिहाइ सांसदले विश्वासको मत दिएका छन् ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार प्रमओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका छन् । विपक्षमा भने ७४ मत  र मत दिन्न भन्नेमा एक मत मात्र परेको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।

विश्वासको मतको मत विभाजनको बैठकमा  २६३ जना सांसद उपस्थित थिए ।नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिएका हुन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved