
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न मुलुकका विदेशी मुद्राको विनियम दर तोकेको छ ।
जसअनुसार यो दिन अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ छ भने बिक्री दर १३४.१७ रुपैयाँ छ । त्यस्तै यूरोपियन यूरो एकको खरिद दर १४५.३१ रुपैयाँ छ भने बिक्री दर १४५.९६ रुपैयाँ छ ।
यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.५९ रुपैयाँ छ भने बिक्री दर १७३.३६ रुपैयाँ छ । त्यस्तै, यो दिन अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२६ रुपैयाँ छ भने बिक्री दर ८९.६७ रुपैयाँ छ ।
त्यस्तै साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ छ भने बिक्री दर ३५.७७ रुपैयाँ छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ छ भने बिक्री दर २८.६२ रुपैयाँ छ ।
एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४६ रुपैयाँ,१०० कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ र एक कुवेती दिनारको खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८.९७ रुपैयाँ कायम छ ।