घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2024 | 09:39:32 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। घटेको मूल्य साउन १६ गते मध्यरातिदेखि लागू हुने निगमले जनाएको छ। 

निगमकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँले घटेको छ। तर हवाई इन्धन र एल पी ग्याँसको मूल्य भने यथावत छ। 

घटेको मुल्यअनुसार पेट्रोल प्रति लिटर पहिलो वर्गको १६८ रुपैयाँ ५० पैसाबाट घटेर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १७० रुपैयाँबाट १६९ रुपैयाँ, तेस्रो वर्गको १७१ रुपैयाँबाट १७० रुपैयाँ कायम भएको छ। त्यस्तै  डिजेल र मट्टीतेल पहिलो वर्ग १५७ रुपैयाँ ५० पैसाबाट घटेर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग १५९ रुपैयाँबाट १५७ रुपैयाँ र तेस्रो वर्ग १६० रुपैयाँबाट १५८ रुपैयाँ  कायम भएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved