सरकारले काठमाडौं उपत्यकामा बिक्री हुने जारको पानीको मूल्यमा तीन रुपैयाँ घटाएको छ ।
यसअघि (२० लिटर) क्षमता रहेका जार प्रतिगोटाको अधिकतम बिक्री मूल्य ५० रुपैयाँ रहेकोमा घटाएर अहिले ४७ रुपैयाँ र बोतल (१ लि) प्रतिगोटाको अधिकतम बिक्री मूल्य १६ रुपैयाँ पुर्याएको हो । वाणिज्य आपूर्ती उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै पानीको मूल्य घटाएको उल्लेख गरेको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी प्रावधान छ ।