गैरआवासीय नेपाली संघ(एनआरएनए ) को ११ औं अन्तरराष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित डा बद्री केसी नेतृत्वको अन्तरराष्ट्रिय समन्वय परिषद्ले मंगलबारबाट नियमित काम शुरु गरेको छ ।
सर्वोच्च अदालतबाट साउन २२ गते भएको फैसलाले केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिएसँगै नियमित काम अघि बढेको हो ।
गत अक्टोबर(असोज) मा काठमाडौंमा सम्पन्न महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए ।यसअघि २०८० चैत्र २८ गते परराष्ट्र मन्त्रालयले उक्त महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्लाई संघको नियमित कामकाज नगर्न गरेको पत्राचार अनुसार रोकिएको कार्यहरु फेरि शुरु भएको हो ।
११ औं महाधिवेशनका क्रममा केसीविरुद्ध चुनाव लडेका आरके शर्माले मत परिणाम अस्वीकार गरेपछि विवाद अदालतमा पुगेको थियो ।