वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ ।
विभागले मंगलबार गरेको बजार अनुगमन क्रममा कैफियत देखिएकाले जरिबाना गरेको हो ।विभागका अनुसार रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएसँगै उक्त बेकरीलाई जरिबाना तिराइएको हो ।
सोही स्थानको कृष्ण पाउरोटी भण्डार प्रालिलाई भने अनुगमनपछि सामान्य निर्देशन दिइएको विभागले बताएको छ ।विभागले ललितपुर हरिसिद्धिस्थित आरएस बस्त्रालयमा गरेको अनुगमनपछि १० हजार रुपैयाँ जरिबाना गरेको छ ।
उक्त पसलले पनि खरिद बिलबिजक नराखेको र खरिद बिलबिजक समेत नराखेको पाइएको छ ।