श्रम काउन्सिलर र श्रम सहचारीका लागि आवेदन दिन आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2024 | 04:54:02 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन जना श्रम काउन्सिलर र चार जना श्रम सहचारी गरी सात पदमा आवेदन खुलाएको छ।

रिक्त हुन लागेको काउन्सिलर र सहचारी पदमा कर्मचारी छनोट तथा नियुक्ति गर्नुपर्ने भएकाले आवेदन खुलाइएको श्रम मन्त्रालयले बताएको छ।

नेपाली राजदूतावास दक्षिण कोरिया, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स यूएई, साउदी अरब, मलेशिया र ओमानमा श्रम सहचारी र काउन्सिलर माग गरिएको हो ।

 श्रम काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धि कार्यविधि तथा मापदण्ड २०७३ अनुसार तोकिए बमोजिमको योग्यता पुगेका इच्छुक कर्मचारीले ३५ दिनभित्र व्यक्तिगत विवरण पेस गर्न सूचनामा उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved