सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ शुरु भएको छ ।
बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको विषयमा छलफल हुने स्रोतले बताएको छ।स्रोतका अनुसार न्यूनतम् साझा कार्यक्रमका लागि चार जनाको संयुक्त कार्यदल बनाइएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन्।
दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा(एमाले) बीच गत असार १७ गते सात बुँदे सहमति भएको थियो। सोअनुसार असार ३० गते प्रधानमन्त्रीमा ओली नियुक्त भएका थिए। त्यसपछि सत्ता गठबन्धनको यो पहिलो बैठक हो ।