उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गरेका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर सन् १९८६ को १० मा स्थापित भएदेखिनै दुई देशबीच सौहाद्धपूर्ण सम्बन्ध रहँदै आएको बताए । उनले दुबै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित् भएको कारणले चुनौति र विकासका लक्ष्यहरु पनि समान रहेको बताए ।
भेटका क्रममा जम्बियाका गैरआवासीय राजदूत चन्दाले खानी तथा खनीज पदार्थमा दुई देश बीचको प्रविधि आदानप्रदान गर्ने बताए । उनले खानी सम्बन्धी अध्ययनका लागि नेपालको प्राविधिक टोलि जाम्बिया पठाइदिन पनि आग्रह गरे ।