घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ सूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2024 | 08:34:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरेर डिजेल र पेट्रोलको मूल्य घटाएको हो ।

निगमकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँले घटेको छ । भारतबाट इन्डियन आयल कर्पोरेसन(आईओसी) ले मूल्य घटाएर पठाएका लागि निगमले घरेलु बजारमा पनि मूल्य घटाएको बताएको छ ।

मूल्य घटेपछि पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६ रुपैयाँ कायम भएको छ । यस्तै दोस्रो वर्गमा १५८ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ । यसअघि पहिलो वर्गमा १६०, दोस्रो वर्गमा १६२ र तेस्रो वर्गमा १६३ रुपैयाँ थियो ।

यस्तै डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेपछी १४६ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गमा १४८ र तेस्रो वर्गमा १४९ रुपैयाँ कायम भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved