जाम्बियाका राजदूतको नेपाल भ्रमण : खनिज र पर्यटनमा लगानी प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 03:58:56 PM मा प्रकाशित

laxmi  sunrise bank

जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् । 

उनले उद्योग मन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधि तथा आर्थिक रुपमा लगानी गर्ने प्रस्ताव राखेका थिए ।

यसैगरी, उनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको भन्दै सहजिकरण गरिदिन आग्रह गरेका थिए । साथै आफुहरुको लागि नेपाल लगानीको लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न आफुहरु तयार रहेको बताएका थिए । 

नेपालको ४ दिन भ्रमणमा रहेका प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेका थिए । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघ बीच व्यवसायीक समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए ।

जाम्बियाको लगानीकर्ताहरु नेपालमा लगानी गर्न तयार रहेको भन्दै सोही अनुरुप दुबै संस्थाबीच समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सोका लागि आफुले सहजकर्ताको रुपमा काम गरिदिने बताए ।

जाम्बियाको नेपालको लागि गैर आवासीय राजदूत प्याट्सको चार दिने भ्रमणले नेपालमा जाम्बियाको नेपाली भित्र्याउन मार्ग प्रशस्त गरेको नेपालको लागि जाम्बियाका वाणिज्य दूत देशबन्धु वस्नेत (अजित) ले बताए ।

साथै उनले राजदूत प्याट्ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी जाम्बिया र नेपाली उद्योगी व्यवसायीबीच सहकार्य गरी लगानीको वातावरण सृजना गर्न आग्रह गरेका छन् । नेपालमा जाम्बियाको लगानी भित्र्याउने सम्बन्धमा महासंघसँग छिट्टैनै एक समझदारी पत्रमा हस्ताक्षर हुने समेत उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved