साताको चौथो दिनको कारोबारमा शेयर बजार दोहोरो अंकले घटेको छ। बजार परिसूचक नेप्से २६ दशमलब ०७ अंकले घटेर २५ सय ९७ दशमलब ४९ अंकमा सिमित भएको नेप्सेले जनाएको छ। त्यस्तै आज कारोबारमा आएका ३१० कम्पनीको १५ करोड ५१ लाख ९९ हजार ७५३ कित्ता शेयर खरिद बिक्रि हुँदा ६ अर्ब ७७ करोड रुपैयाँ बराबर कारोबार भएको छ।
आज कारोबारमा आएकामध्ये १८७ वटा कम्पनीको मूल्य घटेको छ भने ५४ कम्पनीको मूल्य बढेको छ भने ३ वटा कम्पनीको मुल्य तटस्थ रहेको छ। बढी कारोबार हुनेमा नेपाल फाइनान्स, हिमालयन रि, गुडविल फाइनान्स, शिबम सिमेन्ट रहेका छन्।
हिजो करिब ११४ अंकले बढेको शेयर बजार आज एक दिन पनि टिक्न नपाई दोहोरो अंकले घट्नुलाई शेयरका जानकारहरुले नियमित र सामान्य भनेका छन्।