मेलम्चीबाट ल्याइयो दैनिक २२ करोड लिटर पानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2024 | 06:05:16 PM मा प्रकाशित

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदीबाट पठाएको पानी काठमाडौं आइपुगेको छ।

दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिएका हुन् । बर्खायाममा मेलम्चीको बहाव बढी भएकोले दैनिक २२ करोड लिटरभन्दा धेरै पानी ल्याउन सकिनेछ। तथापि अहिले दैनिक २२ करोड लिटर मात्रै पानी पथान्तरण गरिएको छ।

मेलम्चीको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हालेर वितरण प्रणालीमा जोडिसकिएको छ। प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएको छ। मेलम्चीको पानी मंगलबारदेखि काठमाडौंमा वितरण सुरू भइसकेको छ। आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हालिएको थियो।  स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको हो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved