नेपाली फिल्म 'एक मुठ्ठी बादल' लाई झन्डै १ करोड राशिको पुरस्कार

रासस

रासस

Nov 04, 2024 | 09:32:52 PM मा प्रकाशित

nepal oil ltd

निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ लाई नेदरल्याण्डको ह्युबर्ट बाल्स फण्डमार्फत ६० हजार युरो आर्थिक सहयोग प्राप्त भएको छ । 

पोस्ट–प्रोडक्सन अनुदानका लागि चलचित्र चयन भएपछि उक्त पुरस्कार रकम सोही शीर्षकमा प्राप्त हुने निर्माता सामीप्यराज तिमल्सेनाले जानकारी दिेए । “पुरस्कारले चलचित्रको प्राविधिक कामका लागि ठूलो सहयोग पुग्नेछ । योसँगै चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा पनि बलियो उपस्थिति जनाउने सम्भावना बढेको छ । हामीले गरेको मेहिनतको फल विस्तारै प्राप्त गर्न लागेको आभाष भएको छ”, उनले भने। 

तिमल्सेनाले ‘एक मुठ्ठी बादल’ चलचित्रमार्फत उक्त फण्डको पोस्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक साहारा शर्मा रहेको जानकारी दिए । 

विवाहको पृष्ठभूमिमा बुनिएको उक्त चलचित्रले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गरेको छ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफूभित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्ने निर्देशक शर्माले बताए।

उनले भने, “गृहिणी हुनुका साथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, सङ्घर्षलाई र निःस्वार्थ योगदानलाई चलचित्रले कथानकमा समेटेको छ । नारीहरूका दुःख, सुख, त्याग, तपस्या, बलिदान र क्षमतालाई विश्वस्तरमा चिनाउने मेरो सधैँ प्रयत्न रहेको छ । यो पुरस्कारले त्यहीतर्फ चालेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु ।” 

चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतमलगायत कलाकारको अभिनय रहेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved