कालीमाटीमा गोलभेँडाको मूल्य सस्तिएको छ । दुई साताअघि प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको गोलभेँडा अहिले १ सयमुनि झरेको छ ।
मंगलबार ठूलो गोलभेँडा ९० र सानो गोलभेँडा ८० रुपैयाँमा कारोबार भएको छ । गत बुधबार ठूलोरसानो गोलभेँडा प्रतिकिलो १२० रुपैयाँ थियो ।
त्यस्तै टनेल गोलभेँडाको भाउ मंगलबार १०० रुपैयाँ प्रतिकिलो रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । एक साताको अवधिमा रातो आलु प्रतिकिलो ५ रुपैयाँ बढेको छ । गत बुधबार रातो आलु ८५ रुपैयाँ रहेकोमा यस दिन प्रतिकिलो ९० रुपैयाँ छ ।
त्यस्तै प्याज ११५, स्थानीय काउली १२०, डल्लो भन्टा ७०, लाम्चो भन्टा ६०, तने बोडी १४०, घिउ सिमी ६०, टाटे सिमी ७०, तिते करेला अधिकतम ८० रुपैयाँ छ । चिचिन्डो ४०, घिरौंला ६०, भिण्डी ८०, बरेला ६०, इस्कुस ३०, रायो साग १००, चमसुर साग २००, तोरीको साग ९० तथा मेथीको साग २०० रुपैयाँ किलोमा कारोबार भएको छ ।
ब्रोकाउली १४०, कन्य च्याउ १३० तथा डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।