६० कम्पनीमाथि छानबीन गर्दै राजस्व अनुसन्धान बिभाग, राजस्व छलीको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2024 | 09:47:51 AM मा प्रकाशित

राजस्व अनुसन्धान विभागले नेपाल स्टक एक्सचेन्ज, नेप्सेको ओभर द काउन्टर (ओटीसी) बजारबाट शेयर कारोबार भएका कम्पनीहरुमाथि छानबिन गर्ने भएको छ। राजस्व छली भएको हुन सक्ने भएकाले पांच लाख बढीका शेयर कारोबार भएका कम्पनीमाथि छानबिन गर्न लागिएको बिभागके जनाएको छ।  

बिभागकाअनुसार गत आर्थिक वर्ष ओटीसी बजारबाट ६३ वटा कम्पनीको शेयर किनबेच भएको छ। यी मध्ये शंका लागेका ६० कम्पनीको विवरण मागेर छानबिन गर्न लागिएको बिभागले जनाएको छ। 

६३ कम्पनीमध्ये २९ वटा कम्पनीका शेयर प्रति कित्ता एक सय रुपैयाँमा कारोबार भएको छ भने अरु २९ कम्पनीको शेयर प्रति कित्ता २ सयमा कारोबार भएका छन्। त्यस्तै, ११ वटा कम्पनीको शेयर कारोबार प्रति कित्ता दुई सय भन्दा बढीले कारोबार भएका छन। 

ओटीसी बजारबाट कारोबार हुने कम्पनीको शेयर किनबेचको मुल्यांकन नहुने भएकाले कम मूल्यमा कारोबार गरेर राजस्व छली गरेको आशंकामा बिभागले अनुसन्धान गर्न लागेको हो। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved