कालीमाटीमा बढ्यो प्याजको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2024 | 10:02:26 AM मा प्रकाशित

laxmi sunrise bank

कालीमाटी होलसेल बजारमा केही दिनयता प्याजको भाउ बढेको छ । तिहारअघि प्रतिकिलो अधिकतम १०५ रुपैयाँ रहेको प्याज अघिल्लो दिन मंगलबार ११५ रुपैयाँ पुगेको थियो भने बुधबार १२५ रुपैयाँ पुगेको छ ।

गोलभेँडा भने केही सस्तिएको छ । त्यस्तै ठूलो गोलभेँडा ९० र सानो गोलभेँडा अधिकतम प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाए । तिहारअघि ठूलो गोलभेँडा १२० तथा सानो गोलभेँडा १२० रुपैयाँ थियो ।

आलु केही सस्तिएको छ । अघिल्लो दिन प्रतिकिलो ९० रुपैयाँ रहेको रातो आलु बुधबार ८० रुपैयाँ रहेको छ । त्यस्तै स्थानीय काउली १००, लाम्चो भेन्टा ६० डल्लो भेन्टा ६०, घिउ सिमी ६० तने बोडी १२०, टाटे सिमी ७०, तिते करेला अधिकतम ७० रुपैयाँ छ ।

साथै चिचिन्डो र घिरौंला अघिल्लो दिनको तुलनामा प्रतिकिलो १० रुपैयाँ बढेको छ । चिचिण्डो ५० तथा घिरौंला ७० रुपैयाँ प्रतिकिलोमा बुधबार कारोबार भएको छ ।

भिण्डी ८० रुपैयाँ छ भने इस्कुस ३०, बरेला ४०, रायो साग ७०, चमसुर साग १००, तोरीको साग ८० तथा मेथीको साग १०० रुपैयाँ किलोमा कारोबार भएको छ । त्यस्तै ब्रोकाउली १००, कन्य च्याउ १७० तथा डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कुरिलो अघिल्लो दिनकै मूल्य प्रतिकिलो १ हजार रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved