अली पे प्रयोगकर्ताले नेपालमा क्युआरबाटै भुक्तानी गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2024 | 02:51:56 PM मा प्रकाशित

nepal oil ltd

अली पे प्रयोगकर्ताले नेपालमा क्युआरबाटै भुक्तानी गर्न पाउने भएका छन्। बिहीबार सिंगापुर फिनटेक फेस्टिबलमा अली पे र नेपाल क्लियरिङ हाउसबीच क्रसबोर्डर पेमेन्ट सुरु भएको हो।

अली पे प्रयोग गर्ने विदेशी पर्यटकले नेपाल पेको क्युआरमार्फत रकम भुक्तानी गर्न सक्नेछन्। नेपालमा वालेटहरू, बैंक तथा वित्तीय संस्थाले नेपाल पेको सिस्टम प्रयोग गर्दा अली पेबाट सिधै क्युआरबाटै भुक्तानी हुने भएको छ। दुई कम्पनीले बिहीबारबाटै कारोबार हुने गरी सिस्टम एकीकृत गरेका छन्। 

नेपाल क्लियरिङ हाउस नेपाली बैंक र नेपाल राष्ट्र बैंकको संयुक्त लगानीमा सञ्चालनमा रहेको छ भने अली पे सिंगापुरमा दर्ता भएर एसियाली मुलुकहरूमा प्रचलित छ। अली पे चिनियाँ अर्बपति ज्याक माको अलीबाबा ग्रुप अन्तगर्तको कम्पनी हो। ज्याक माले अली पेको अधिकांश सेयर बिक्री गरेका छन्। अहिले चिनियाँ लगानीकर्ताकै एनटी ग्रुपको मुख्य सेयर रहेको छ। 

अली पेका एक करोड बढी प्रयोगकर्ता रहेको कम्पनीले उल्लेख गरेको छ। गत वैशाखमा अली पे र नेपाल क्लियरिङ हाउसबीच सीमापार भुक्तानीमा सहकार्य गर्ने सम्झौता गरेका थिए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved