रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2024 | 05:05:34 PM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तेस्रो पटक दिएको म्याद सकिएपछि आइतबार लामिछानेलाई अदालतमा पेस गरिएको थियो । अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १० दिनको म्याद सकिएपछि आइतबार प्रहरीले लामिछाने लगायतलाई अदालतमा पेस गरेको हो।

त्यसअघि थप गरिएको म्यादमा तिहार बिदा पनि परेपछि अदालतले तिहार बिदाको समेत गणना गर्दै १० दिनको समय दिएको थियो जसको समय शुक्रबार रातिबाट सकिएको छ । शनिबार९हिजो० बिदा भएकाले आज प्रहरीले लामिछानेलाई अदालतलमा पेस गरेको थियो ।

लामिछाने यतिबेला जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved