विश्वका विभिन्न २७ मुलुकका ८१ वटा स्थानीय औद्योगिक र व्यापारीक च्येम्बरलाई पछि पार्दै औद्योगिक नगर विराटनगरको उद्योग संगठन मोरङले कन्फिडरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स इन्डस्ट्रिज (सीएसीसीआई) ले प्रदान गर्ने उत्कृष्ट लोकल चेम्बर अवाडको उपाधि जितेको छ ।
ट्रफी र २ हजार ५ सय डलर सहितको यो अबार्ड (सिएसीसीआई) ले आगामी नोभेम्वर ११ र १२ मा सिंगापुरमा आयोजना गर्ने ३८ औ एसिया प्यासेफिक इकोनोमीक फोरममा वितरण गर्दै छ । यो संगठन गत चैतमा उत्कृष्ट संगठनका रुपमा गत चैतमा नेपाल उद्योग वाणिज्य महासंघवाट पनि सम्मानित भएको थियो ।
सिएसीसीआईले यो उपाधि छनौटकालागि चेम्बरहरुले गर्ने स्थानीय औद्योगिक गतिविधि, नीति निर्माणका क्षेत्रमा गरेको वहसर पैरवी र स्थानीय आर्थिक विकासकालागि गरेका क्रियाकलापलाई आधार मानेको थियो । संगठनका महानिर्देशक चूडामणी भट्टराईले भने संगठनको क्रियाकलापले विभिन्न २७ मुलुकका ८१ वटा स्थानीय चेम्बरलाई पछिपार्दै उपाधि जितेको हो । यो उपाधि सन २००६ मा पोखरा उद्योग वाणिज्य संघले जितेको थियो ।
सिएसीसीआईमा २७ मुलुकका व्यावसायिक संगठनका राष्ट्रिय समिति सदस्य छन् । नेपाल उद्योग वाणिज्य महासंघ यसको सदस्य हो । यस प्रक्रियामा सुरुमा विभिन्न २७ मुलुककै आबद्ध संगठनले ३–३ वटा स्थानीय चेम्बरलाई छनौट गरेर ८१ वटा चेम्बरलाई प्रतिष्पर्धामा उतारेको थियो ।
सिएसीसीआईमा दक्षिण एसियाबाट नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका चेम्बरका केन्द्रीय संगठन सदस्य छन् ।