सरकारले लेखामान बोर्ड र लेखापरिक्षणमान बोर्डको अध्यक्ष नियुक्त गरेको छ। लेखामान बोर्ड अध्यक्षमा सुनिर कुमार ढुंगेल रलेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गरेको स्रोतले जनाएको छ।
सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको भागबन्डा अनुरुप लेखामान बोर्ड अध्यक्षमा नियुक्त भएका सिए सुनिर कुमार ढुंगेल उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको सिफारिसमा नियुक्त भएको अर्थ मन्त्रालय श्रोत बताउछ। उनि नेपाली कांग्रेस महोत्तरीबाट निर्बाचित महासमिति सदस्य समेत हुन् ।
त्यस्तै लेखापरिक्षणमान बोर्डको अध्यक्षमा नियुक्त भएका जगन्नाथ उपाध्याय निरौला उप(प्रधान तथा अर्थ मन्त्रि विष्णु प्रसाद पौडेल तथा दर्तावाला लेखालेखापरीक्षकहरुको छाता संगठन अडान निकट मानिन्छन ।
बोर्डको आंकाक्षीहरुमा चार्टर्ड एकाउन्टेन्टहरु सुजन कुमार काफ्ले, प्रकाश लम्साल, रमेश कुमार धिताल, महेश ढकाल, प्रकाश जंग थापा र अनुप कुमार श्रेष्ठ थिए । सुजन कुमार काफ्ले बिद्युत प्राधिकरणमा छानबिनका लागी हालै गठन गरिएको कार्यदलका सदस्य हुन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा। मिश्रको संयोजकत्वमा तीन सदस्यीय कार्यदलमा नेपाल विद्युत प्राधिकरणका केही समयअघि अवकाशप्राप्त श्रीराम राज पाण्डे र र चार्टर्ड अकाउन्टेन्ट सुजन कुमार काफ्ले सदस्य रहेका छन् ।
सीए प्रकाश जंग थापा र सीए अनुप कुमार श्रेष्ठ निबर्तमान अध्यक्ष हुन् । सीए प्रकाश लम्साल रास्ट्रपति कार्यालय निकट मानिन्छन भने सिए महेश ढकाल उप(प्रधान तथा अर्थ मन्त्रि विष्णु प्रसाद पौडेल निकट मानिन्छन।
अर्का प्रत्यासी सीए रमेश कुमार धिताल एक्यानका पूर्व केन्द्रीय महासचिब हुन् र प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे तथा राष्ट्रिय योजना आयोगका उपाधक्ष शिव राज अधिकारी निकट मानिन्छन तथा अर्थ मन्त्रालयका सहसचिब द्वय धनिराम शर्मा र उत्तर कुमार खत्री तथा मार्फत लेखापरिक्षणमान बोर्डका लागि तिब्र लबिंग गरेको अर्थ मन्त्रिको सचिबालय श्रोत बताउछ ।
नेपाल लेखामान बोर्डले अन्तररास्ट्रीय लेखामान बमोजिम नेपाल को मापदण्ड बनाई कार्यन्वयनको पहल गर्दछ र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नलाई नीतिगत निर्णय गर्ने काम गर्दछ लेखा परिक्षणमान बोर्डले वित्तीय विवरण राखेको मिलेको छ छैन भनेर परिक्षण गर्ने काम गर्दछ। नेपाल वित्तीय प्रतिबेदनमान कार्यन्वयनमा वोर्डको ठुलो भूमिका रहन्छ।
लेखामान बोर्ड अध्यक्ष र लेखापरिक्षणमान बोर्डको अध्यक्षको नियुक्ति अर्थमन्त्रीको सिफारिसमा मन्त्रीपरिषदको बैठकले गरेको हो।