विभागीय प्रमुख हेरफेर, रोकिएला पोखरेलको राजिनामाको सोच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2024 | 02:57:45 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार सम्हालेको दोस्रो दिनमै विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन्। यसअघि नियमन बिभागका रहेका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ बाहेक अरु तीनवटा बिभागमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर भएको हो। 

विहिबार पदभार सम्हालेका श्रेष्ठले दोश्रो दिन शुक्रबार नै चार मध्ये तीनवटा विभागको विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन्। व्यवस्थापन र कानुन विभाग प्रमुख तथा धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवार वरिष्ठ कार्यकरी निर्देशक डा नबराज अधिकारीलाई नीति अनुसन्धान र तालिम बिभागमा सरुवा गरिएको छ। 

त्यस्तै व्यवस्थापन र कानुन विभाग प्रमुखको जिम्मेवारीमा यसअघि सुपरिवेक्षण विभाग हेरिरहेका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई ल्याएका छन्। भने, सुपरिवेक्षण विभागको जिम्मेवारीमा नीति, तालिम तथा अनुसन्धान विभागमा रहेका कृष्णराज पोखरेललाई ल्याएका छन्। 

सुपरिवेक्षण विभागमा ल्याइएका कृष्णराज पोखरेल धितोपत्र बोर्डमा पछिल्लो पटक बढ्दो भ्रष्ट्राचार बढेको भन्दै आफ्नो कार्यकाल सकिन तीन वर्षअघि नै राजिनामा दिने सोच बनाएर बसेको उनी निकट स्रोत बताउछ। 

नवनियुक्त अध्यक्ष श्रेष्ठको विभागीय प्रमुख हेरफेरको निर्णय त्यहाँका कर्मचारीलाई सन्तोषजनक रहेपनि धितोपत्र बोर्डको जागिरबाट राजिनामा दिएर घर जान लागेका पोखरेल जिम्मेवारमै रहनेमा अझैं पनि धेरैले आशंका गरेका छन्। 

प्रवक्ताको जिम्मेवारी पनि हेरफेर 

अध्यक्ष श्रेष्ठले प्रवक्ताको जिम्मेवारी पनि हेरफेर गरेका छन्। यसअघि सुपरिवेक्षण विभागमा रहेका डा अधिकारीको हातमा रहेको प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरंजय घिमिरेलाई दिएका छन्। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved