नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2024 | 04:43:36 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीन सरकारबिच टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान भएको छ । त्यस्तै दसवै देशका प्रधानमन्त्रीले नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

नौ तले बसन्तपुर दरबार पुनर्निर्माण, र फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल विकास योजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  

दुइ देश बिच आर्थिक तथा प्राविधिक सहयोग , नगद सहयोग  र स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी पनि समझदारी पत्र आदान प्रदान गरिएको छ । 

त्यस्तै चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र  चीनका प्रधानमन्त्री ली छ्याङले नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रमा  हस्ताक्षर गरेका छन ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved