विज्ञापन बोर्ड र त्रिविको आमसञ्चार केन्द्रीय विभागबीच सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2024 | 04:24:09 PM मा प्रकाशित

laxmi sunrise bank

विज्ञापन बोर्ड र त्रिभुवन विश्वविधालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ । पत्रकारिता तथा आमसञ्‍चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विधावारीधि गरिरहेका विधार्थीहरुले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्ने बोर्डले जनाएको छ । 

बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा। कुन्दन अर्यालबीच सो सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । विज्ञापन बोर्डले विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकोले विधार्थीहरुलाई आकर्षित गर्न शोधवृत्तिको व्यवस्था गरेको जनाएको छ । 

शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डको छ । सहमति पत्रमा हस्ताक्षर गर्दे पत्रकारिता तथा आमसञ्‍चार विभागका विभागीय प्रमुख अर्यालले छात्रवृत्ति विधार्थीलाई उपयोगी हुने बताए । 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने र विधार्थीहरु आकर्षित हुने अपेक्षा गरिएको बताए । सहमतिले त्रिभुवन विश्वविधालय र बोर्डबीच समझदारी बढ्ने समेत उनले बताए ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved