नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा पर्यटनमन्त्री पाण्डेको अनुगमन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2024 | 04:33:26 PM मा प्रकाशित

laxmi sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा बिहीबार निरिक्षण तथा अनुगमन गरेका छन् । उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डे, नेपाल सरकारका सहसचिवहरु तथा संचालक समिति सदस्यज्यूहरुकोे समेत उपस्थिती रहेको थियो भने निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगममा स्वागत गरेका छन् । 

उक्त अवसरमा निगमका कार्यकारी अध्यक्ष लगायत नायव महाप्रबन्धक (प्रा.), निगमका सम्पूर्ण विभागीय प्रमुखहरु र निगममा क्रियाशिल चार वटै ट्रेड युनियनका अध्यक्षहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराए । त्यसैगरी मन्त्रालयको निर्देशानुसार निगमले सातै प्रदेशसंग सहकार्य गरी दुर्गम क्षेत्रमा चल्ने साना जहाज खरिद गर्ने योजना अनुसार कार्य भइरहेको, सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको महंगोे व्याजदरको ऋण घटाई आर्थिक व्यवस्थापन गर्न Soft Loan लिने सम्बन्धमा कार्य भइरहेको र निगमले नै In-flight Kitchen संचालन गर्ने योजना अनुरुप कार्य भइरहेकोबारे प्रष्ट पारे । 

त्यसैगरी निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरुमा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्ने तर्फ पहल गरिदिनुहुन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको  लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिनुहुन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान  अनुसार राष्ट्रिय ध्वजावाहकलाई  सुदृढ र सवल बनाउन सहयोगको लागि मन्त्रालय समक्ष आग्रह गर्दै ९० को दशकमा निगमको स्वर्णकाल रहेको स्मरण गर्दै निगम व्यवसायिक संस्था भएकोले राजनीतिक हस्तक्षेप रोकी समन्वयात्मक भूमिका खेलिदिनु हुन समेत अनुरोध गरे । 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved